६ जेष्ठ २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २९१ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ १० संक्रमित


कोरोना पोजेटिभ

४ जेठ, काठमाडौं । नेपालमा आज बिहानै कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आइतबार बिहानै सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार काठमाडौं को टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सबै रौतहट जिल्लामा नयाँ संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार रौतहटको राजपुर नगरपालिका फरहदा-९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु र रौतहट इशनाथ नगरपालिका-३, ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा १३, काठमाडौंमा ९, धनुषामा ५, कैलालीमा ४, बारा, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ र सिन्धुपाल्चोकमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २८१ थियो भने आज बिहानै थप १० जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३६ पुगेको छ । साथै नेपालमा शनिबार पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) बाट १ जना महिलाको मृत्यु भएको छ । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिला हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा पहिलो पटक कोभिड-१९ बाट १ महिलाको मृत्यु

नेपालमा संक्रमितको संख्या २८१ पुग्यो, आज राती फेरि थपिए कोरोनाका नयाँ ३ संक्रमित

नेपालमा ३६ जनाले जिते कोरोना, कोशी अस्पतालमा उपचाररत १ जना आज घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !