१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २४६ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ १ संक्रमित


कोरोना पोजेटिभ

१ जेठ, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ १ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ १ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा कोरोना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

मन्त्रालयले सच्चायो गल्ती, नेपालमा अहिलेसम्म संक्रमितको संख्या २४५ मात्र

नेपालमा संक्रमितको संख्या २४५ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ २ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !