१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २४९ पुग्यो, आज राती थपिए कोरोनाका नयाँ ३ संक्रमित


कोरोना पोजेटिभ

१ जेठ, काठमाडौं । नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ ३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप नयाँ ३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङमा कोरोना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंको दहचोक निवासी ७ वर्षीय बालक, धनुषाको जनकपुर निवासी १७ वर्षीया युवती र धादिङ निवासी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरणमा उनीहरुको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या २४६ थियो भने आज राती ३ जना नयाँ कोरोना भेटिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । साथै नेपालमा कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेको संख्या ३५ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २४६ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ १ संक्रमित

नेपालमा संक्रमितको संख्या २४५ पुग्यो, आज बिहानै थपिए कोरोनाका नयाँ २ संक्रमित

नेपालमा ३५ जनाले जिते कोरोना, आज २ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !