१३ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या २१८ पुग्यो, आज थपिए कोरोनाका नयाँ १ संक्रमित


कोरोना पोजेटिभ

३१ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ १ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बाँके जिल्ला नेपालगन्ज-८ का ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । हालसम्म प्राप्त विवरण अनुसार निजको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २१७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २६ संक्रमित

नेपालमा संक्रमितको संख्या १९१ पुग्यो, आज थपिए कोरोनाका ५७ संक्रमित

नेपालमा संक्रमितको संख्या १३४ पुग्यो, फेरि थपिए कोरोनाका १३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !