२० कार्तिक २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या २१७ पुग्यो, आज फेरि थपिए कोरोनाका नयाँ २६ संक्रमित


कोरोना पोजेटिभ

३० वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप नयाँ २६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले आज राती १०:१५ अध्यावधिक गरेको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको टेकुमा गरिएको परीक्षणमा थप नयाँ २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १ र सर्लाहीका एक जना छन् । आज मंगलबार दिउँसो ५७ जनामा संक्रमण देखिएको थियो । राती थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिलाहरु र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषहरु, महोत्तरीका १६ र ३५ वर्षीय २ पुरुषहरु, धनुषाका २० वर्षीया १ महिला र ४० वर्षीय पुरुष, भक्तपुरकी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार निजको स्वास्थ्य सामान्य छ र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना संक्रमण प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १९१ पुग्यो, आज थपिए कोरोनाका ५७ संक्रमित

नेपालमा संक्रमितको संख्या १३४ पुग्यो, फेरि थपिए कोरोनाका १३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !