६ जेष्ठ २०८१, आइतबार

नेपालमा कोरोनालाई जित्नेको संख्या पुग्यो २७, आज विराटनगरमा फेरि ८ जना भए डिस्चार्ज


कोशी अस्पतालका थप ८ जना आज निको भएका घर फर्किए

२५ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित आज निको भएका घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७ पुगेको छ । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो ३ वटा रिपोर्टमा कोरोना संक्रमण नदेखिएको हो । भुल्केमा १६ जमातीसहित २८ जनालाई कोरोना देखिएकामध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए ।

१ जना महिलासहित ८ जनालाई आज शुक्रबार डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । आज शुक्रबार ८ जनाको डिस्चार्ज भएपछि १७ जनाको उपचार भईरहेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !