५ आश्विन २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ५४ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित


कोरोना पोजेटिभ

१६ वैशाख, रौतहट । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटमा २ जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवै जनाको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटिभ देखाइएपनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन् ।

देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि पनि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षण गर्दा गलत नतिजा देखाएको थियो । योभन्दा अगाडि रौतहटमा १ जना संक्रमित फेला परेका थिए । उनी निको भएर घर फर्किसकेका छन् । यसअघि नेपालमा संक्रमितको संख्या ५२ पुगेको थियो भने आज २ जना थपिएसंगै ५४ जना पुगेको हो । नेपालमा अहिलेसम्म १६ जना उपचारपछि निको भएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५२ पुग्यो, आज फेरि थपिए कोरोनाका १ जना संक्रमित

नेपालमा संक्रमितको संख्या ५१ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए

चितवनका २७ बर्षीय युवकले कोरोनालाई जिते, आइसोलेशनवाट डिस्चार्ज

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १२, आज १ जना निको भएर घर फर्किदै

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !