६ जेष्ठ २०८१, आइतबार

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


नारायणी अस्पताल

वैशाख १४, वीरगञ्ज । नारायणी अस्पतालका ४ जना कोरोनामुक्त भएसंगै नेपालमा कोराना भाइरसलाई जित्नेको संख्या १६ पुगेको छ । वीरगञ्जस्थित उक्त अस्पतालमा उपचाररत यी ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर अस्पतालवाट डिस्चार्ज भई आज  घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका हुन् ।

सो अस्पतालमा उपचाररत् उनेहरु ४ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् । वीरगञ्जमा कोरोनाको उपचाररत ५ जनाको स्वाब परीक्षण गरिएकोमध्ये ४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । २४ घण्टाको फरकमा २ पटक गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शुक्रबार र शनिबार कोरोना संक्रमण ३ जना भारतीय र १ जना नेपाली युवाको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । नारायणी अस्पतालका अनुसार अस्पतालमा उपचाररत् ३७, ४४ र ५५ वर्षीय भारतीय तथा १९ वर्षीय रौतहटका १ युवाको रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरु वैशाख १ गतेबाट अस्पताल भर्ना भएका थिए । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना नेगेटिभ देखिएको अस्पतालमा भर्ना भएका चारै जना भारतबाट नेपाल आएको बुझिएको छ । ३ जना भारतीयहरु वीरगञ्जस्थित एक मस्जिदमा बस्दै आएका थिए । उनीहरु मुस्लिम धर्म प्रचारकहरु हुन् । रौतहटका १९ वर्षीय युवक लकडाउन घोषणा भएसँगै भारतबाट फर्किएको अस्पतालले जनाएको छ ।

गत चैत २९ गते कोरोना संक्रमण परीक्षणका लागि उनीहरुको स्वाब हेटौंडा ल्याइएको थियो । हेटौंडामा स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

चैत ३० गते काठमाडौंले पनि उनीहरुमा कोरोना संक्रमण रहेको थप पुष्टि गरेको थियो । उनीहरुमा कोरोना संक्रमण रहेको प्रमाणित भएसँगै उनीहरुलाई वीरगञ्जको छपकैयाास्थित मस्जिदबाट नारायणी अस्पतालको आइसोलेसनमा सारिएको थियो । यसअघि १२ जना संक्रमित निको भई अस्पतालवाट डिस्चार्ज भईसकेका छन् ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप २ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१  पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार पर्सामा २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो । जसमध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५१ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित

चितवनका २७ बर्षीय युवकले कोरोनालाई जिते, आइसोलेशनवाट डिस्चार्ज

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १२, आज १ जना निको भएर घर फर्किदै

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !