६ जेष्ठ २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन कोरोनाका ११ संक्रमित थपिए


कोरोना पोजेटिभ

९ वैशाख, काठमाडौं । नेपालमा आज मंगलवार एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ११ जना पुष्टि भएको छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ११ जनामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजको परीक्षणबाट पुष्टि भएकामा ९ पुरुष र २ महिला रहेका छन् । मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण गर्दा यी संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ ।

नेपालमा संक्रमितको संख्या

यो पनि पढ्नुहोस्

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ४०

उदयपुरमा आज १ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ३२

नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, आज थप १ जनामा कोरोना संक्रमण पुष्टि

फेरि उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !