लकडाउनको अर्थ हो रोग सर्नबाट बचाउनु तर रोग नै नलागेको मान्छेलाई यो रोग सर्दैन । गलत हल्लाको पछि नलागौं । लकडाउनको उद्धेश्य भनेकै रोग सर्नबाट रोक्नु हो तर लकडाउनको कारण अरूलाई मर्नबाट बचाउनु पनि लकडाउन नै हो । आज उपचार नपाएर पैसा नभएर खान नपाएर मर्नेको संख्या दिन प्रतिदिन बढ्दैछ ।
यसतर्फ नेपाल सरकारको ध्यान पुग्न आवश्यक छ । संघीय सरकारले आपतमा परेका नेपालीको उद्धार गर्न सक्नुपर्छ । उनीहरूको लागि शिविर र मेडिकल खान बस्नको प्रबन्ध मिलाउनुपर्छ । मानवले मानवको उद्वार गर्नुपर्छ ।
आज सामान्य ज्वरो आउदैमा डराइ हाल्नुपर्छ भन्ने होइन उपचार गर्न सके सक्रमण फैलनबाट रोक्न सकिन्छ । यदि कसैले अटेर गर्छ भने कार्बाहीको दायरा बढाउनुपर्छ । मेडिकलले सेवालाई अझ बढाएर सक्रमणलाई रोक्नतर्फ लाग्नुपर्छ ।
आज सामान्य ज्वरो आएको छ, खोकी लागेको छ, दम बढेको छ भने मर्दापर्दा मानिस चाहिन्छ । आज प्रकृतिको नियमलाई उलंघन गरिएको छ । छुदैमा रोग सर्ने होइन तर नोबेल कोरोना भाइरस छुने वित्तिकै सर्छ भन्ने हल्लाका कारण छोरालाई बाबुले नछुने आमालाई छोराले नछुने डाक्टरले विरामी नछुने यो कस्तो सिस्टमको विकास गरिएको छ ।
यस विषयमा स्वास्थ्यसंग प्रत्यक्ष सरोकार रहने भएकाले स्वास्थ्यप्रति सजग रहेर काम गर्दा खासै रोग सर्दैन । नोबेलको अर्थ पुरस्कार (सफा र सुघर रहने तरिकाको विकास) क्रोनाभाइरसको अर्थ पहिले या पूर्वदेखि लागेको पुरानो रोग या पाको उमेर जसलाई दिर्घ रोग लागेको छ त्यस्ता व्यक्तिलाई मात्र यो रोग लाग्ने खतरा बढ्न सक्छ भन्ने पूर्व चेतावनी ।
भरतपुर मेडिकल कलेजमा विरामीको सेवा गर्ने क्रममा १ जना ज्वरो आएको विरामीलाई सेवा गर्दा उसलाई कोरोना लागेको भनेर गलत समाचार दिंदा उपचारमा खटिएका स्वास्थ्यकर्मी बेहोस भएकाले सबैलाई उपचारमा राखिएको रहेछ । यसले नागरिकमा कस्तो सन्देश जान सक्छ ।
दोस्रो विश्वयुद्धमा लडाइको मैदानमा त्यति मान्छे मरेका थिएनन् जति घर भित्र मरेका थिए । गलत सन्देशले मानव मस्तिष्कमा गलत प्रभाव पर्दछ । रोग नै नलागी मानिस अत्तालिएर मरेका घटना सुन्नमा आएको छ । खबर त्यति प्रसारण गरौं जति आवश्यक छ । गलत हल्लाले मानिसमा गलत सन्देश जानसक्छ । यसको असर सकरात्मक होइन नकरात्मक हुन पुग्दछ ।
हामीले बुझ्नुपर्ने कुरा के छभने यो रोग छुना साथ सर्दैन मानीस मरेपछि सोतह निस्कृय हुन्छ । यो रोग स्वास्थ्य मानीसलाई नभई रोगलागेको मान्छेलाई मात्र सर्छ । यो रोगबाट बच्न सफाई मा रहनुपर्छ । रूघा सरूवा रोगहो हाछिउ गर्दा सर्न सक्छ । यस्ता व्यक्तिले टावेल लिएको हुनुपर्छ । हाछिउ गर्दा टावेलले मुख छोप्नुपर्छ र तुरुन्त हातमुख धुनुपर्छ ।
खाना खादा होस् या जुनसुकै समएमा साबुन पानीले हात सफा गर्नु पर्छ यसो गर्दा कोरोना भाइरस मात्र होइन अन्यरोग समेत सर्ने खतरा टाल्न सकिन्छ । गलत खबर तर्फ नलागौ सेवाको भावनालाई उच्चबनाउदै अघि बढ्न सके धेरै राम्रो हुनेछ ।
नोट: कोरोना लागेर मान्छे मर्दैन डर र तरासले मान्छे मर्न सक्छ । उपचार नपाएर रोगी मर्न सक्छ । सफाइमा रहने साबुन पानीले हाथ धुने सेनिटाइजर दल्ने गरे पुग्छ ।
यो पनि पढनुहोस्
घमण्डले आफूलाई मात्र नभएर क्षति गर्छ अरूलाई पनि
इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी
नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने
देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।