८ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा १ नेपालीको मृत्यु


रमेश (लीला) सम्वाहाङ्फे_अनिल लिम्बू

चैत ११, न्युयोर्क । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीया अनिल लिम्बु (रमेश सम्वाहाङ्फे) को मृत्यु भएको हो।

नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए । लिम्बुका श्रीमती, दुई छोरा र एक छोरी छन् । लिम्बुले सुगर र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङका अनुसार उनको परिवारका सबै संक्रमित छन् । परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन्। कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !