२६ बैशाख २०८१, बुधबार

कोरोना भाइरस महामारी : बेलायतमा पनि लकडाउन शुरु


बेलायतमा पनि लकडाउन

चैत ११, लण्डन । बेलायतमा पनि लकडाउन शुरु भएको छ । कोरोना भाइरसका कारण बेलायतमा ३३५ जनाको मृत्यु भएसँगै यसको नियन्त्रण एवं रोकथामका लागि लकडाउन गरिएको हो ।

सोमबार अबेर टेलिभिजनवाट सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले बेलायतीहरुलाई सीमित कारणबाहेक घरबाट बाहिर ननिस्किन आह्वान गरेका छन् । मानिसहरुले सरकारी निर्देशनको अवज्ञा गरे जरिवाना तिर्नुपर्ने उनले बताए ।

जोनसनले सम्बोधनका क्रममा कसैले अटेर गरेको खण्डमा प्रहरीले मानिसहरुको भीडलाई तितरबितर पार्ने चेतावनी समेत दिए । बोरिस जोनसनको पछिल्लो कदमलाई दोश्रो विश्वयुद्ध यता बेलायत सरकारले चालेको सबैभन्दा कठोर कदमका रुपमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !