१३ बैशाख २०८१, बिहिबार

कोरोना भाइरस प्रभाव : उच्च सतर्कतामा अस्पतालका स्वास्थ्यकर्मी


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

चैत ९, काठमाडाैं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी अहिले अति व्यस्त छन् । कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि देशभरबाट संकलित -याल, दिसा, पिसाब र रगतको नमुना सोही अस्पतालमा ल्याइने गरिन्छ । परीक्षणमा संलग्न स्वास्थ्यकर्मी ती नमुनाको प्रत्यक्ष सम्पर्कमा आउने भएकाले अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।

अस्पतालका अनुसार हालसम्म ५४६ जनामा कोरोना परीक्षण गरिएको छ । तीमध्ये १ जनाको रिपोर्टमा ‘पोजेटिभ’ देखिएको थियो भने अन्य सबैमा ‘नेगेटिभ’ । ‘पोजेटिभ’ देखिएका बिरामी पनि उपचारपछि घर फिरिसकेका छन् ।

चिकित्सकहरूका अनुसार कोरोना भए-नभएको पत्ता लगाउन पिसिआर अर्थात् ‘पोलिमोराइज चेन रियाक्सन’ परीक्षण गरिन्छ । यो डिएनए परीक्षण विधि हो । सामान्यतया भाइरसमा करिब ३२ हजार न्युक्लियोटाइडस हुन्छन्, जुन सामान्य कुनै किटबाट गरिने परीक्षणबाट पुष्टि गर्न सकिँदैन । कोभिड-१९ परीक्षणमा संसारभर पिसिआर विधि प्रयोगमा ल्याइएको छ । यस विधिमा जिनको परीक्षण गरिने भएकाले गल्ती हुने सम्भावना कम रहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !