५ जेष्ठ २०८१, शनिबार

कोरोना भाइरसबाट बेलायतमा १ जना नेपालीको मृत्यु


कोरोना भाइरस

८ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा १ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिला बहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।

उनको मृत्यु चैत ४ गते मंगलबार बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको थियो । लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए । उनी सेवा निवृत्त भएपछि सेक्युरिटीमा काम गर्दै आएका थिए ।

मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !