२२ बैशाख २०८१, शनिबार

कोरोना रोकथामबारे नेपाल आयुर्वेद औषधि व्यवसायी संघको बैठक सम्पन्न


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

७ चैत, नवलपरासी । आज प्रथम नेपाल आयुर्वेद औषधि व्यवसायी संघ सुस्ता पूर्व जिल्ला नवलपुरको बैठकमा कोरोना भाइरसबारे महत्वपूर्ण विषयमा छलफल भएको थियो । उक्त छलफलमा औषधि व्यवसायीले आफ्नो औषधालय अगाडि नेपाल आयुर्वेद औषधि व्यवसायी संघसंग लेखेको बाल्टी र सावुन राखेर हात सावुन पानीले धोएर मात्र भित्र पसेमा कोरोना भगाऊ भन्ने सचेतना अभियान सफल हुने बताएको छ ।

सावुन पानीले हात धुनुपर्ने र मुख ढाक्नुपर्ने सन्देश दिएकाले आज हरेक मानिसमा सफाइ आवश्यक रहेको रोग लाग्नु पनि सफाईको कमि रहेको औलाएको छ । अर्कोतर्फ “कमजोर शरीर रोगको घर जहा सफाइ छैन त्यहाँ नोबेल कोरोना रोग सर्ने डर” भन्ने सन्देश विश्वव्यापी रूपमा सन्देश छरेको देखिएको छ । जब-जब हामीले जस्तो पायो त्यस्तै खाना खान्छौ तब-तब हामीलाई नलाग्ने खालको रोग लाग्न सक्छ ।

नोबेल कोरोना भाइरस जस्ता रोग यसअघि पनि धेरै विनास गरेको थियो ठिक १०० बर्ष पछि नयाँ भाइरस प्रवेश गरेको छ । यो भाइरसले पश्चिमीहरूको घमण्ड तोडेको छ । गला लगाउने हात मिलाउने यी सवै गलत हुन भन्ने सन्देश छरेको देखिन्छ । चाहे जेहोस् नमस्ते भन्ने नेपालीको सभ्यता हो ।

यो पनि पढनुहोस्

नोबेल कोरोना भाइरसका कारण डाक्टर जोखिममा

नोबेल कोरोना भाइरसबारे छोटो उपयोगी जानकारी

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको भविष्यवाणी गर्ने व्यक्ति को हुन् र कहिले भएको थियो ?

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !