२२ भाद्र २०८१, शनिबार

देशभर थप १३६ जनामा देखियो कोरोना, ३९० सक्रिय संक्रमित


नेपाल कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा १०१९ जनामा पिसिआर परिक्षण गर्दा ९२ जना र ५७२ जनामा एन्टीजेन परिक्षण गर्दा ४४ जना गरी जम्मा १५९१ नमुनाको परीक्षण गर्दा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो ६४ घण्टामा ५४ जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३९० जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेशनमा २७ जना, आईसीयुमा ४ जना र भेन्टिलेटरमा २ जना रहेका छन् ।

हाल क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् भने नेपालमा ६० लाख ३२ हजार ३४५ पिसिआर परीक्षण भएको छ भने १५ लाख ६७ हजार ५०४ एन्टीजेन परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !