७ असार २०८१, शुक्रबार

एकैदिन कोरोना संक्रमणबाट २ जनाको मृत्यु, १७१ जना थपिए


कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ९८० जनामा पिसिआर परिक्षण गर्दा १०५ जना र १३१२ जनामा एन्टीजेन परिक्षण गर्दा ६६ जना गरी जम्मा २२९२ नमुनाको परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ८५ जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३९७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा ३४ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा २२ जना, आईसीयुमा ८ जना र भेन्टिलेटरमा ४ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !