१४ बैशाख २०८१, शुक्रबार

देशभर थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२९० जनामा पिसिआर परिक्षण गर्दा ४१९ जना र २४२२ जनामा एन्टीजेन परिक्षण गर्दा ३६२ जना गरी जम्मा ४७१२* नमुनाको परीक्षण गर्दा ७८१* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७४ हजार ८०६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९८४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । आज काठमाडौं जिल्लामा २१२ जना, ललितपुर जिल्लामा ६३ जना र भक्तपुर जिल्लामा १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल देशभर ५७७५ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६३ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हालसम्म नेपालमा ५८ लाख ४९ हजार ७६६ पिसिआर परीक्षण भएको छ भने १३ लाख १२ हजार ६९२ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु