१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा एकैदिन ३०० जनामा कोरोना संक्रमण पुष्टि


सफा काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २२९ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा १८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा हिजो ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा हिजो भन्दा आज कोरोना संक्रमण घटेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३००९, ललितपुर ८४६ र भक्तपुरमा १०१ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ३९५६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !