काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६५१ जनामा पिसिआर परिक्षण गर्दा ४९६ जना र ३१९५ जनामा एन्टीजेन परिक्षण गर्दा १२४ जना गरी जम्मा ५८४६* नमुनाको परीक्षण गर्दा ६२०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमण केही दिनयता दैनिक रुपमा बढ्दै गएको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण बढेको छ । हिजो देशभर ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ७० हजार ६२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट ११९६७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ५८ लाख १६ हजार ५८१ पिसिआर परीक्षण भएको छ भने १२ लाख ८० हजार ६१ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर ४५६७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।