६ मंसिर २०८१, बिहीबार

आज एक्कासी बढ्यो कोरोना संक्रमण, एकैदिन ९० जनामा पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४४ जनामा पिसिआर परिक्षण गर्दा ७३ जना र ११६८ जनामा एन्टीजेन परिक्षण गर्दा १७ जना गरी जम्मा ३११२* नमुनाको परीक्षण गर्दा ९०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार ५५५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २१९ र ललितपुर ३४ र भक्तपुरमा १० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ प्रतिशत छ ।

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासी दाङ, अर्घाखाँची, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ, डडेलधुरा र कञ्चनपुर रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ५३१ ले कोभिडविरुद्धको खोप लगाएका छन् । होम आइसोलेसनमा ३९९, संस्थागत आइसोलेसनमा दुई, आइसियु दुई र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हालसम्म नेपालमा ५७ लाख ६५ हजार ७१९ पिसिआर परीक्षण भएको छ भने १२ लाख ३४ हजार ४१५ एन्टीजेन परीक्षण गरिएको छ भने क्वारेन्टाइनमा कोही पनि बसेका छैनन् । हाल देशभर ४०१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म २ करोड ४५ हजार २७० जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने २ करोड ३ लाख ७९ हजार ८३० जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६४ लाख ७४ हजार ५०६ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ४ करोड ६९ लाख ९९ हजार २७० मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !