४ आश्विन २०८१, शुक्रबार

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज ४९ जनामा पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो दिन कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ३१ जना र मङ्गलबार १९ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा दुई हजार ४९४ नमूना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । हाल १६३ जना सक्रिय संक्रमित छन् । आज ८५ हजार ६५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म ११ लाख १९ हजार ८६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ११ हजार ९५२ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।

*४९ हुनुपर्नेमा १९ भएकोमा सच्चाइएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !