७ पुस २०८१, आइतबार

देशभर थपिए १३ जना कोरोना संक्रमित, ४४ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४३९ जनामा पिसिआर परिक्षण गर्दा १२ जना र १६१६ जनामा एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा ४१५५* नमुनाको परीक्षण गर्दा १३* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६५ हजार ९८० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५५ लाख ७४ हजार ५०० पिसिआर परीक्षण भएको छ भने ११ लाख ४१ हजार ५३२ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ६३७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८८ लाख ७ हजार ७६७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९२ लाख ६३ हजार ७३६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २३ लाख १ हजार ४३८ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ४ करोड ३ लाख ७२ हजार ९४२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !