काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६५४ जनामा पिसिआर परिक्षण गर्दा २२ जना र ३०९३ जनामा एन्टीजेन परिक्षण गर्दा ५ जना गरी जम्मा ४७४७* नमुनाको परीक्षण गर्दा २७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६१ हजार ७८१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ५४ लाख ९८ हजार ४१२ पिसिआर परीक्षण भएको छ भने ११ लाख ४ हजार १९० एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ३७६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
आजसम्म १ करोड ८६ लाख ९१ हजार ८१९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८६ लाख ७८ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १८ लाख २४ हजार १७३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ९१ लाख ९१ हजार ८१९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।
*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।