२० कार्तिक २०८१, मंगलबार

देशभर थप १५८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४४५८ जनामा पिसिआर परिक्षण गर्दा ९२ जना र २०४६ जनामा एन्टीजेन परिक्षण गर्दा ६६ जना गरी जम्मा ६५०४* नमुनाको परीक्षण गर्दा १५८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५५ हजार ४५८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९३८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ५४ लाख २६ हजार ६७ पिसिआर परीक्षण भएको छ भने १० लाख ६५ हजार ४० एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८४ लाख ९६ हजार ८७५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७५ लाख ४७ हजार २८१ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ११ लाख ८९ हजार ७१६ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ७२ लाख ३३ हजार ८७२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !