काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१०३ जनामा पिसिआर परिक्षण गर्दा २५६ जना र ३५९० जनामा एन्टीजेन परिक्षण गर्दा ५६ जना गरी जम्मा ८६९३ नमुनाको परीक्षण गर्दा ३१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५४ हजार ३४१ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९३० जनाको मृत्यु भईसकेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ६७ जना, ललितपुर जिल्लामा १० जना र भक्तपुर जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।
हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल परीक्षणमध्ये औसत संक्रमणदर ५ प्रतिशत रहेको मन्त्रालयले बताएको छ ।