१२ असार २०८१, बुधबार

देशभर थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२२५ जनामा पिसिआर परिक्षण गर्दा २४७ जना र २९१५ जनामा एन्टीजेन परिक्षण गर्दा १४१ जना गरी जम्मा ८१४०* नमुनाको परीक्षण गर्दा ३८८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५२ हजार ५९९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९२५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ७७ जना, ललितपुर जिल्लामा ११ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख ८४ हजार ९९९ पिसिआर परीक्षण भएको छ भने १० लाख ४१ हजार ९१३ एन्टीजेन परीक्षण गरिएको छ भने १०७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८३ लाख ६५ हजार ६५२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८४ लाख ९७ हजार ६८९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ९ लाख ६ हजार ५३३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ७७ लाख ५५ हजार ४२७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !