८ पुस २०८१, सोमबार

देशभर थप ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०२८ जनामा पिसिआर परिक्षण गर्दा ३६४ जना र २७६१ जनामा एन्टीजेन परिक्षण गर्दा २०६ जना गरी जम्मा ९७८९* नमुनाको परीक्षण गर्दा ५७०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९९३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ४६ हजार ३३० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९११ जनाको मृत्यु भईसकेको छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ११६ जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५३ लाख ६४ हजार ५३१ पिसिआर परीक्षण भएको छ भने १० लाख २८ हजार २३९ एन्टीजेन परीक्षण गरिएको छ भने १०९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८३ लाख १२ हजार ८६२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६८ लाख २६ हजार ८५१ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ८ लाख १४ हजार ५७९ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ५९ लाख ५४ हजार २९२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !