काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७८२ जनामा पिसिआर परिक्षण गर्दा ५४८ जना र २९७४ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी जम्मा ९७५६* नमुनाको परीक्षण गर्दा ६३९* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ४४ हजार ३३७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९०५ जनाको मृत्यु भईसकेको छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६२ जना, ललितपुर जिल्लामा २५ जना र भक्तपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ५३ लाख ५७ हजार ५०३ पिसिआर परीक्षण भएको छ भने १० लाख २५ हजार ४७८ एन्टीजेन परीक्षण गरिएको छ भने ११२ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म १ करोड ८३ लाख १ हजार २२८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६७ लाख ३ हजार ३८६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ७ लाख ८५ हजार २०३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ५७ लाख ८९ हजार ८१७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।
*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।