५ मंसिर २०८१, बुधबार

आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइँदै


कोरोना खोप

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्षमाथिका सबै नागरिकले आजदेखि बुस्टर डोज दिइने भएको छ ।

माघ २७ गते बिहिबार स्वास्थ्य मन्त्रालयले पूरा मात्रा खोप लगाएका १८ वर्ष माथिकालाई बुस्टर डोजका रूपमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन आग्रह गरेका छन् । उनले पत्रमार्फत पहिले तोकिएका केन्द्रहरूबाट खोप कार्यक्रम सञ्चालन गर्न पनि भनेका छन् ।

बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरू, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रूपमा पछाडि पारिएका व्यक्तिहरूलाई प्राथिमकता दिन भनिएको छ ।

यस्तो छ मन्त्रालयले ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई लेखेको पत्र

यस्तो छ मन्त्रालयले ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई लेखेको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !