१२ आश्विन २०८१, शनिबार

थप ५२१ जनामा कोरोना संक्रमण, एकैदिन १० जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६०३७ जनामा पिसिआर परिक्षण गर्दा ४२७ जना र ४०७८ जनामा एन्टीजेन परिक्षण गर्दा ९४ जना गरी जम्मा १०११५ नमुनाको परीक्षण गर्दा ५२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९३५ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८९२ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९७ जना, ललितपुर जिल्लामा ४४ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ११८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !