काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५८७ जनामा पिसिआर परिक्षण गर्दा ११८४ जना र ४१०५ जनामा एन्टीजेन परिक्षण गर्दा ७७३ जना गरी जम्मा १२६९२ नमुनाको परीक्षण गर्दा १९५७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१०३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख २० हजार ५९२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८३८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३३८ जना, ललितपुर जिल्लामा ७० जना र भक्तपुर जिल्लामा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ५२ लाख ९१ हजार ९५९ पिसिआर परीक्षण भएको छ भने ९ लाख ९९ हजार ४८१ एन्टीजेन परीक्षण गरिएको छ भने १४० जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म १ करोड ७९ लाख ११ हजार ९३९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ५८ लाख १ हजार ७३४ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६ लाख ४४ हजार ५४४ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ४३ लाख ५८ हजार २१७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।
*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।