८ पुस २०८१, सोमबार

थप १५७० जनामा कोरोना संक्रमण, एकैदिन १३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८७४ जनामा पिसिआर परिक्षण गर्दा १०२२ जना र ३४९१ जनामा एन्टीजेन परिक्षण गर्दा ५४८ जना गरी जम्मा ११३६५ नमुनाको परीक्षण गर्दा १५७०* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१४६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख १५ हजार ४८९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११८२७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३५० जना, ललितपुर जिल्लामा ५९ जना र भक्तपुर जिल्लामा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख ८३ हजार ३७२ पिसिआर परीक्षण भएको छ भने ९ लाख ९५ हजार ३७६ एन्टीजेन परीक्षण गरिएको छ भने १३७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ७८ लाख २६ हजार ५९४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ५६ लाख २८ हजार ५३३ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ६ लाख २७ हजार ७४१ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ४० लाख ८४ हजार ८६८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !