८ पुस २०८१, सोमबार

काठमाडौं उपत्यकामा थप ७४५ जनामा कोरोना पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ५७० जना, ललितपुर जिल्लामा १२० जना र भक्तपुर जिल्लामा ५५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८४२५ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !