८ पुस २०८१, सोमबार

देशभर ५५८३ जनामा कोरोना संक्रमण, ८२६७ जना निको भए


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०७७६ जनामा पिसिआर परिक्षण गर्दा ३६५७ जना र ६८९८ जनामा एन्टीजेन परिक्षण गर्दा १९२६ जना गरी *५५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ७१ हजार १६५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११७५२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १४०४ जना, ललितपुर जिल्लामा ३०८ जना र भक्तपुर जिल्लामा १९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५२ लाख ४० हजार ६५० पिसिआर परीक्षण भएको छ भने ९ लाख ७३ हजार ७०९ एन्टीजेन परीक्षण गरिएको छ भने १३७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ७४ हजार ६५३ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६८ लाख ३० हजार ३९५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४४ लाख ७ हजार ७७५ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ४ लाख ४ हजार ३३३ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड १६ लाख ४२ हजार ५०३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !