१३ बैशाख २०८१, बिहिबार

नेपालमा खोप अभियान : ४ करोड २० लाख प्राप्त, ३ करोड *६ लाख मात्रा प्रयोग


स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप अभियान उल्लेखीय रुपमा सफल भएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानमा संलग्न सवैलाई धन्यवाद दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा आजसम्म ४ करोड २० लाख ४९ हजार ६४० मात्रा कोरोना खोप विभिन्न बिधिवाट प्राप्त हुनुको साथै ३ करोड *६ लाख ४ हजार १५२ मात्रा कोरोना खोप प्रयोग भइसकेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार यो एक वर्षमा नेपालमा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, मोर्डना, फ़ाइजर खोपहरु प्रयोगमा आएका छन् । आजसम्ममा १२ वर्ष माथिका सवैका लागि खोप अभियान शुरु गरिसकिएको मन्त्रालयले बताएको छ । यस्तै १८ वर्ष माथिको लक्षित जनसंख्याको ७० प्रतिशत जनसंख्याले पूर्णमात्रा र ८३ प्रतिशतले कमसेकम एक मात्रा खोप लगाइसकेका छन् ।

१२ वर्षदेखि १७ वर्षका १८ लाख ७२ हजार ६७० जना बालबालिकाहरुले पहिलो मात्रा र ३ लाख ५८ हजार २९८ जना बालबालिकाहरुले पूर्णमात्रा खोप लगाइसकेका छन् । त्यस्तै अग्रपंक्तिमा रहेर काम गर्ने पेशाका झन्डै ३ लाखलाई अतिरिक्त मात्रा खोप लगाइसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म १ करोड ६४ लाख ७४ हजार ५१४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २ लाख ९६ हजार ९ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड *६ लाख ४ हजार १५२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

नेपालमा खोप अभियान

*६ लाख हुनुपर्नेमा ६० लाख भएकोमा सच्चाइएको – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !