८ पुस २०८१, सोमबार

काठमाडौं उपत्यकामा थप २९०० जनामा कोरोना पुष्टि


काठमाडौं उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २९०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २०४१ जना, ललितपुर जिल्लामा ५६६ जना र भक्तपुर जिल्लामा २९३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४३३ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !