१७ असार २०८१, सोमबार

देशभर एकैदिन १२००८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८१०३ जनामा पिसिआर परिक्षण गर्दा ९४३२ जना र ७८०६ जनामा एन्टीजेन परिक्षण गर्दा २५७६ जना गरी १२००८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०४० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख २७ हजार २७९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६६७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६१७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४८७५ जना, ललितपुर जिल्लामा ७८२ जना र भक्तपुर जिल्लामा ५१५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५१ लाख ५६ हजार ४१९ पिसिआर परीक्षण भएको छ भने ९ लाख ३४ हजार ४३५ एन्टीजेन परीक्षण गरिएको छ भने १६५ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६३ लाख ३३ हजार ९३७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ३१ लाख ६ हजार ७२६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २ लाख २३ हजार ९४४ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा २ करोड ९६ लाख ६४ हजार ६०७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !