काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४६७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३६३४ जना, ललितपुर जिल्लामा ५८७ जना र भक्तपुर जिल्लामा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा १०२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५४० जनाले कोरोना जितेका छन् ।