९ पुस २०८१, मंगलबार

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना पुष्टि


माधवकुमार नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको एक नेताले जानकारी दिए ।

अहिले अध्यक्ष नेपालको अवस्था सामान्य भएको र घरमै आइसोलेसनमा रहेको ती नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !