६ जेष्ठ २०८१, आइतबार

देशभर आज थप ३९३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७९४ जनामा पिसिआर परिक्षण गर्दा ३५५ जना र १५३५ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १२ हजार ९३७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६०१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १५६ जना, ललितपुर जिल्लामा ४५ जना र भक्तपुर जिल्लामा २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख ८७ हजार ८१८ पिसिआर परीक्षण भएको छ भने ८ लाख ३५ हजार ९५२ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ४५ लाख ६४ हजार ५३३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ५२ लाख ७५ हजार २५४ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !