५ जेष्ठ २०८१, शनिबार

देशभर थप २७१ जनामा कोरोना पुष्टि, २२५ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९१५७ जनामा पिसिआर परिक्षण गर्दा २५१ जना र १७२९ जनामा एन्टीजेन परिक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार ५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५८६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १३२ जना, ललितपुर जिल्लामा १९ जना र भक्तपुर जिल्लामा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख २९ हजार ६८७ पिसिआर परीक्षण भएको छ भने ८ लाख ५ हजार ५११ एन्टीजेन परीक्षण गरिएको छ भने ९७ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ९३१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !