१२ असार २०८१, बुधबार

देशभर थप २६० जनामा कोरोना पुष्टि, ३४९ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०६० जनामा पिसिआर परिक्षण गर्दा २३७ जना र ३८३८ जनामा एन्टीजेन परिक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १० हजार २७१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५८२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १०६ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख ९ हजार ६७ पिसिआर परीक्षण भएको छ भने ७ लाख ९९ हजार १२१ एन्टीजेन परीक्षण गरिएको छ भने ९९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ५ हजार ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड २९ लाख १३ हजार ६६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९७ लाख २७ हजार १२३ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड २८ लाख ४० हजार १८९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !