९ पुस २०८१, मंगलबार

देशभर थप २६४ जनामा कोरोना पुष्टि, ३६२ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३९२ जनामा पिसिआर परिक्षण गर्दा २२९ जना र ४३१७ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी २६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ७ हजार ५१५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५५९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १०९ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख ३४ हजार ५८६ पिसिआर परीक्षण भएको छ भने ७ लाख ६७ हजार ६४२ एन्टीजेन परीक्षण गरिएको छ भने ९६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ५ हजार ६८९ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड १६ लाख २९ हजार ६२१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९३ लाख ६५ हजार ९१५ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !