काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३८६ जनामा पिसिआर परिक्षण गर्दा ३१५ जना र २४२४ जनामा एन्टीजेन परिक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ५ हजार २०५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५४५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ८२ जना, ललितपुर जिल्लामा ३१ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४६ लाख ७९ हजार १८० पिसिआर परीक्षण भएको छ भने ७ लाख ४६ हजार १३१ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर ६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड ५ लाख ४ हजार ७६४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।