१३ बैशाख २०८१, बिहिबार

देशभर थप २१३ जनामा कोरोना पुष्टि, ३२५ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४९०७ जनामा पिसिआर परिक्षण गर्दा १९७ जना र १७२५ जनामा एन्टीजेन परिक्षण गर्दा १६ जना गरी २१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख २ हजार ४७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५२१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९४ जना, ललितपुर जिल्लामा २० जना र भक्तपुर जिल्लामा ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४६ लाख ४ हजार ३९६ पिसिआर परीक्षण भएको छ भने ७ लाख २५ हजार ७०३ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार १५६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९५ लाख ४३ हजार ४०८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८२ लाख ९० हजार ४०२ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ७८ लाख ३३ हजार ८१० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !