१३ बैशाख २०८१, बिहिबार

देशभर थप ३०८ जनामा कोरोना पुष्टि, २९८ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१०४ जनामा पिसिआर परिक्षण गर्दा २८१ जना र १८०५ जनामा एन्टीजेन परिक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १ हजार ४२० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५१६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७८ जना, ललितपुर जिल्लामा ३६ जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४५ लाख ९१ हजार ६६० पिसिआर परीक्षण भएको छ भने ७ लाख २१ हजार ३६१ एन्टीजेन परीक्षण गरिएको छ भने १०३ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ३४९ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९३ लाख ६७ हजार ७८९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८१ लाख ५३ हजार ७३४ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ७५ लाख २१ हजार ५२३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !