१२ असार २०८१, बुधबार

थप २३८ जनामा कोरोना संक्रमण, ३७० जना निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८४५ जनामा पिसिआर परिक्षण गर्दा २३२ जना र १२७८ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ३५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४९६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ४५ लाख ५८ हजार ३१६ पिसिआर परीक्षण भएको छ भने ७ लाख १९ हजार १९ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार १६४ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९१ लाख २० हजार १४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७९ लाख ६ हजार ३६९ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ७० लाख २६ हजार ३८३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !