काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४१४५ जनामा पिसिआर परिक्षण गर्दा २०९ जना र २९९१ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९९ हजार ९८९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४९५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ४५ लाख ५० हजार ४७१ पिसिआर परीक्षण भएको छ भने ७ लाख ११ हजार ७२७ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर ७ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९१ लाख ९ हजार ६६६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७८ लाख ७६ हजार ७०३ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।