१० पुस २०८१, बुधबार

देशभर थप २९६ जनामा कोरोना पुष्टि, ३६९ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७७७ जनामा पिसिआर परिक्षण गर्दा २७१ जना र ११९५ जनामा एन्टीजेन परिक्षण गर्दा २५ जना गरी २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९९ हजार ५४५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४९४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९१ जना, ललितपुर जिल्लामा १९ जना र भक्तपुर जिल्लामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४५ लाख ४६ हजार ३२६ पिसिआर परीक्षण भएको छ भने ७ लाख ८ हजार ७३६ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ९० लाख ८१ हजार ६५४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७८ लाख १ हजार ५०६ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६८ लाख ८३ हजार १६० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !